समाचार समाज

रौतहटमा स्रोत नखुलेको ५ लाखभन्दा बढी नगदसहित दुई जना पक्राउ

रौतहट, ५ बैशाख । रौतहटमा स्रोत नखुलेको नगद रकमसहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। भारतबाट नेपालतर्फ प्रवेश गर्दै गरेका उनीहरूलाई सशस्त्र प्रहरी बल, बीओपी बेलबिछवाको सीमा गस्ती टोलीले चेकजाँचका क्रममा पक्राउ गरेको हो।
राजदेवी नगरपालिका–८ सोफियामाई क्षेत्रबाट विआर ०६ एक ६२९२ नम्बरको मोटरसाइकलमा आउँदै गरेका व्यक्तिहरूमाथि शंका लागेपछि जाँच गर्दा उनीहरूको साथबाट नेपाली ५ लाख २२ हजार ४९० रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारत, बिहारको सितामढी निवासी ४५ वर्षीय नजिर नट र सर्लाहीका ५५ वर्षीय मुम्ताज अन्सारी रहेका छन्। नजिरको साथबाट ३ लाख २२ हजार रुपैयाँ र अन्सारीको साथबाट २ लाख ४ हजार ४९० रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म गौरकाले जानकारी दिएको छ ।
बरामद रकमको स्रोत पुष्टि गर्न नसकेपछि दुवै जनालाई नगद र मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीले जनाएको छ।

   

You cannot copy content of this page