समाचार

सप्तरीमा शौचालय जाँदा लडेर सशस्त्र प्रहरी हबल्दार यादवको मृत्यु

साँकेतिक तस्बिर
साँकेतिक तस्बिर

राजविराज, १४ वैशाख । सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नम्बर ५ स्थित सशस्त्र प्रहरी बलको क्याम्पमा कार्यरत एक सशस्त्र प्रहरी हबल्दारको सोमबार लडेर मृत्यु भएको छ।
मृत्यु हुनेमा बारा जिल्ला घर भएका ३५ वर्षीय सशस्त्र प्रहरी हबल्दार जितेन्द्र यादव रहेका छन्।
हबल्दार यादव सोमबार बिहान करिब ३ बजे शौचालय जाने क्रममा अचानक लडेर गम्भीर घाइते भएका थिए। गम्भीर घाइते भएका यादवलाई तत्कालै उद्धार गरी उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुर्‍याइएको थियो। तर, अस्पताल पुर्‍याउनासाथ चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीका अनुसार मृतकको शवको पोस्टमोर्टम .परीक्षण) गरी दाहसंस्कारका लागि परिवारको जिम्मा लगाइसकिएको छ।
घटना कसरी र कुन परिस्थितिमा भयो भन्नेबारे प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।

   

You cannot copy content of this page