समाचार

सर्लाहीमा ३५ वर्षीय युवकले शरीरमा पेट्रोल छर्केर लगाए आगो

सर्लाही, २६ असार । सर्लाहीमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्।

शुक्रबार गौडेता नगरपालिका–१० निवासी ३५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

गम्भीर घाइते भएका मण्डलको अवस्था जटिल रहेकाले उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनाको कारण हालसम्म खुल्न सकेको छैन। घाइतेको उपचारलाई प्राथमिकता दिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

   

You cannot copy content of this page