समाचार

जेसीबी सडकबाट ३०० मिटर तल खस्दा चालकको मृत्यु

सुर्खेत । सुर्खेतमा जेसीबी मेसिन सडकबाट भिरमा खस्दा चालकको मृत्यु भएको छ।

बराहताल गाउँपालिका–७, नयाँवनस्थित भित्री सडकखण्डमा सडक निर्माण तथा बाटो सफा गर्ने क्रममा भे.१ ग १२७ नम्बरको जेसीबी मेसिन सडकबाट करिब ३०० मिटर तल खसेको थियो।

दुर्घटनामा जेसीबी चालक बराहताल गाउँपालिका–५ निवासी करिब ३३ वर्षीय रामप्रसाद लामिछाने गम्भीर घाइते भएका थिए।

घाइते लामिछानेलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ, सुर्खेत पुर्‍याइएको थियो। अस्पतालमा चिकित्सकले ईसीजी परीक्षण गरेपछि उनलाई मृत घोषणा गरेका हुन्।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

   

You cannot copy content of this page