समाचार

राजविराजमा कृष्ण जन्माष्टमीको दिन सुनको सिक्री चोरी गर्ने एक पक्राउ

कञ्चनरूप, १ असोज । सप्तरी प्रहरीले चोरी मुद्दामा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बारा जिल्लाको साविक खोपवा गाविस–४ हाल बारागढी गाउँपालिका–३ सिपुरा टोल बस्ने २५ वर्षीय निरज कुमार राय रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार २०८३ भदौ २० गते कृष्ण जन्माष्टमीको अवसरमा राजविराज नगरपालिका–८ स्थित राधाकृष्ण मन्दिरबाट निकालिएको रथयात्रा नगर परिक्रमा गर्ने क्रममा रायले एक सहभागीको गलामा लगाएको २६.२४० ग्राम सुनको सिक्री चोरी गरेका थिए।

सुनको सिक्री चोरी गरेपछि फरार रहेका रायको खोजतलास गर्ने क्रममा प्रहरीले भदौ २९ गते बाराको बारागढी गाउँपालिका–३ सिपुरा टोलबाट पक्राउ गरेको हो।

पक्राउ परेका रायलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। उनलाई सप्तरी जिल्ला राजविराज नगरपालिका–९ बस्ने ३५ वर्षीय रोकी झाको जाहेरीका आधारमा चोरी मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

You cannot copy content of this page