कोशी प्रदेश समाचार समाज

इनरुवाबाट १ हजार ४५४ किलो गाँजासहित यादव पक्राउ

इनरुवा, ३ असोज । सुनसरीको इनरुवा नगरपालिका–१० जाल्पापुरस्थित चम्राही टोलबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ।

शनिबार बिहान करिब ३ बजे को १ च ८२७९ नम्बरको टाटा पिकअप भ्यान चेकजाँच गर्ने क्रममा १ हजार ४५४ किलो ८७० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

गाँजासहित भोक्राहा नरसिंह गाउँपालिका–५ निवासी ३० वर्षीय रामबहादुर यादवलाई नियन्त्रणमा लिइएको हो।

बरामद गाँजा र नियन्त्रणमा लिइएका यादवलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

You cannot copy content of this page