मेरो सपना
कोरोना कहर समाप्त भैसकेको थियो ।
मानिसहरु खुसि हुदै रमाइरहेका थिए ।।
सडक पसल र रेस्टुरेन्ट सबै भरिभराउ थिए ।।
रेडियो टिभी मा उत्साहजनक खबरहरु आइरहेको थियो ।।
नेताहरूले आर्थिक सन्तुलन राख्दै देश विकास गर्ने प्रण गरिरहेका थिए ।।
भ्रष्टाचार अब इतिहासमा सिमित हुन्छ भनिरहेका थिए ।।
स्थानीय उत्पादनमा जोड दिनेकुराहरु भन्दैथिए ।।
हरेक कुरामा आत्म निर्भर हुने योजनाहरु सुनाउदै थिए ।।
अन्तर्राष्ट्रिय स्तरमा पनि सहकार्य र भाईचाराका कुराहरू हुदैथिए ।।
क्षेप्रया्स्त्र र मिसाइलको सट्टामा अस्पताल र औषधीहरु बन्ने कुरा हुदै थिए ।।
आतंक र आतंककारी बढावा नदिने वाचा हुदै थिए
इजराईलले हडपेको प्यालेस्टाइनी भुमी फिर्ता गर्ने कुरा हुदै थियो ।।
फ्रान्स फाइटर प्लेनको सट्टा स्थानिय उत्पादनमा जोड दिने वाचा गर्दै थियो ।।
खाडी तथा, अफ्रिकी मुलुकहरुमा शान्ति छाईसकेको थियो ।।
अमेरिका महाशक्ति नबनि अरु देश संग मिलेर अगि बडने शंख नाद गर्दै थियो ।।
संसार एउटा सुन्दर शान्त र कलहमुक्त बासस्थान भएको थियो ।।
यतिकैमा मेरो फोनको घन्टी बज्यो, म झल्यास बिंउझिए
यसो हेरेको त म ओछया्न मै रहेछु ।
मैले देखेका कुराहरु त सबै सपना रहेछन् ।।
– कुन्नम पोखरेल
Add Comment