कञ्चनरुप (सप्तरी) । राष्ट्रिय सभा संसदीय दलका नेता माननिय सुमनराज प्याकुरेलले सप्तरीमा कञ्चनरुप नगरपालिकाले मेडिकल क्षेत्रमा प्रगती गरेको बताउँनु भयो । पछिल्लो समयमा यस नगरपालिकामा अस्पतालहरु सञ्चालनमा आउने क्रमले तिब्रता पाएको छ चाहे त्यो सरकारी होस् वा प्राइभेट । केहि दिन अगाडी मात्र नगरपालिकाले साविक स्वास्थ्य केन्द्रको परिसरमा १५ शैयाको अस्पतालको निर्माण कार्यका लागि ठेक्का लगाएका छन् ।
नेता प्याकुरेलले भन्नुभयो, चिकित्सा रुपमा पनि फरक फरक किसिमका अस्पताल यस नगरपालिकामा छन् यो नगरका लागि प्रगती हो । अस्पतालको बढोत्तरीसंग संगै जनताले पाउने सबै खाले सेवा सुविधा र गुणस्तरलाई मिलाएर लैजान उहाँले सम्बन्धित पक्षलाई सुझाव दिनुभयो ।
सोमवार आयोजित हस्तान्तरण समारोेहका प्रमुख अतिथिको आसनबाट नेता प्याकुरेलले भन्नुभयो, यस्तो पनि अस्पताल चल्दैछ जहाँ डाक्टर नै छैन, रेफर सेन्टरको रुपमा मात्र हेरीन्छ ।
एमविविएस डाक्टर नै नभएको अस्पतालमा प्रहरीले घटनामुलक विरामी पनि त्यही पुर्याउँने गरेका छन् यसरी प्रहरीद्वारा चलाउँदै आएको अस्पताल पनि हाम्रै वडामा देखियो नेता प्याकुरेलले गुणस्तरको मापदण्डलाई खोजिएन भन्नुभयो । उहाँले चिकित्सा क्षेत्रमा दोहोरो प्रणालीको मापदण्ड नहोस् भन्ने पक्षमा आफ्नो धारणा प्रष्ट पार्नु भएको थियो ।
यसैगरी कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले कृति हेल्थ केयर सेन्टरले लामो समय देखि सेवा दिइरहेको स्मरण गराउनुहुदै आफ्नो तर्फबाट यसका लागि थप सहयोग प्रदान गर्ने बचन दिनुभयो । स्वास्थ्य क्षेत्रमा नगरको मुख्य भूमिका रहेकोले नगर भित्रका जुनसुकै अस्पतालमा पनि गुणस्तरयुक्त काम हुनुपर्छ, साथै स्थानिय जनताले उपचारमा सहुलियत र न्यायोचित सेवा सुविधा पाउनुपर्छ नगर प्रमुख मिश्रले धारणा राख्नुभयो ।
कृति हेल्थ केयर सेन्टरलाई सृजना फाइनान्सद्वारा प्रदान गरीएका साढे पाँच लाख वरावरको सामानहरु सेन्टरका कार्यवाहक अध्यक्ष देव नारायण श्रेष्ठलाई नेता प्याकुरेलले हस्तान्तरण गर्नुभयो ।
हाल सिटिजन्स बैंकमा परिणत फाइनान्सले उपलब्ध गराएको बेड ४, स्टेण्ड ६, ओरी लाइट १ , स्टेचर २, रिभलभिट्टा ४, फुट स्टेप ४, ह्विल चियर २ , अटो क्लेम १ , ट्रली स्टेयर २, फोल्डिङ्ग स्क्रिन २, रहेका छन् ।
Add Comment