अन्तराष्ट्रिय विज्ञान प्रविधि

जापानले उड्ने कारको सफल परीक्षण ग¥यो ;सन् २०२३ सम्ममा आइसक्ने

एजेन्सी । धेरै कम्पनीहरुले उड्ने कारका लागि गएका वर्षहरुदेखि नै काम अगाडि बढाइरहेका छन् । अब भने यो सपना साकार हुने बेला भएको छ । चाँडै नै आम मानिसको पहुँचमा उड्ने कार पुग्ने गरी जापानले यसको तयारी पनि गरेको छ । जापानी कम्पनी स्काइ–डाइभ इन्कले यसप्रकारको कारको परीक्षण शुरु गरेको हो ।

एक पत्रकार सम्मेलनमा कम्पनीले कारको उडिरहेको भिडियो देखाएको छ । भिडियोमा कार जमिनदेखि २ मिटर अर्थात करीब ६.५ फिटसम्मको उचाईमा उडिरहेको देखाइएको थियो । सोही कार एक निश्चित क्षेत्रमा करीब ४ मिनेटसम्म हावाको अडिएको थियो ।

स्काइ–डाइभको यो परियोजनाका प्रमुख तोमोहिरो फुकुजावाले यसलाई सन् २०२३ सम्ममा आम मानिसका लागि अन्तिम तयारी गरिरहेको बताएका छन् ।

यो कार ५ देखि १० मिनेट मात्र उड्न सक्ने बताउँदै यसको उडान समय बढाएर ३० मिनेट गर्न सकिने जानकारी दिए । 

यो प्रोजेक्टमा अहिलेसम्म ३.९ बिलियन डलर लगानी जुटेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page