राजनीति

सप्तरीको राजविराजमा राजावादीको जुलुसमा राजनीतिक दलका युवाहरुको अवरोध

कञ्चनरुप , १४ पुष । सप्तरी समाजको अगुवाईमा मंगलबार राजविराजमा हिन्दू राष्ट्र र राजाको माग गर्दै निकाल्न लागिएको ¥याली राजनीतिक दलका युवाहरुले रोकेका छन् ।
राजविराज स्थित रहेको शिब मन्दिर प्राङ्गणबाट ¥याली निकाल्न शुरु गर्नु अघि नै नेकपा, कांग्रेस र जसपाका युवाहरुले अवरोध गरेका हुन् । राजा र हिन्दु राष्ट्रको पक्षमा प्ले कार्ड, व्यानर र राष्ट्रिय झण्डा बोकेर ¥याली निकाल्न लागेको सूचना पाएपछि पुगेका नेकपा तथा जसपाका युवाहरुले ती सामग्री खोसेर आगो लगाएका छन् ।
¥याली सामग्री खोस्दै ¥यालीमा सहभागी हुन आएकालाई उनीहरुले भगाएका पनि थिए । राजविराजमा राजा र हिन्दू राष्ट्र पुर्नस्थापनाको माग राख्दै ¥याली निकाल्ने पूर्व निर्धारित कार्यक्रम रहेको थियो । आफूहरुको ¥याली बिथोल्ने प्रयास गर्नु संवैधानिक हकलाई कुण्ठित गर्नु सरह भएको ¥याली संयोजक राजेश दासले बताउँनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page