कोशी प्रदेश समाज

कोशी गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

सुनसरी, पुष १४ गते ।

सुनसरीको कोशी गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
कोशी गाउँपालिका डिा नम्बर ४ का १९ वर्षीय मोती कामतको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
सोमवार राती ८ बजेर ३० मिनेटको समयमा जुद्धगञ्जमा रहेको मासु पसलबाट मासू किनेर फर्कदै गरेका कामतलाई जंगली हात्तीले आक्रमण गर्दा निजको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page