कञ्चनरुप । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ प्रगति टोलमा विद्युतको लाइनमा हाई भोल्ट हुँदा लाखौंको क्षति भएको छ ।
लाइन आइरहेको बेला एक्कासी हाई भोल्ट आउँदा ४२ परिवारको एलइडि बल्ब १ सय २४ थान , राइस कुकर २ थान, स्टेप लाइजर १ थान , कम्प्रेसर मेसिन १ थान , रंगिन टिभि ५ थान, , कम्प्युटर २ थान , ल्याप्टप १ थान, पंखा १ थान , समरसियल पानी तान्ने मोटर ५ थान, फ्रिज १ थान, बुफर साउण्ड बक्स १ थान, टेलिफोन र वाइफाइ २ थान लगायतका सामानहरु जलेर नष्ट हुँदा ५० लाख भन्दा बढीको क्षति भएको स्थानिय कैलाश कुमार पोखरेलले बताउनु भयो ।
हाइ भोल्ट आएपछि १८ घण्टा सम्म डर त्रासमा बस्नु परेको पोखरेलले बताउनुभयो ।
पिडितहरुले क्षतिपूर्ति दिलाई आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाई दिनुहुन भनी प्रगति टोलका विकास संस्थामा निवेदन समेत दिइएको संस्थाका अध्यक्ष हेमप्रसाद अधिकारीले बताउनु भयो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment