समाचार स्वास्थ्य

स्वास्थ्य बिमा प्रती सेवाग्राही असन्तुष्ट, स्वास्थ्य सेवा नपाएको गुनासो

बृजमान तामाङ /
बिरेन्द्र बजार, १९ पुस ।
सरकाद्वारा लागु गरेको स्वास्थ्य बिमा प्रती सेवाग्राहीहरुले असन्तुष्टि व्यक्त गरेका छ्न । स्वास्थ्य सेवा निशुल्क पाउने आशा लिएर बिमा गरिएपनी भनेजस्तो सेवा नपाएपछि सेवाग्राहीहरु असन्तुष्ट भएका हुन् ।
सरकारले पाँच परिवारको लागि ३५ सयको बिमा गरि १ लाख सम्मको निशुल्क उपचार गर्ने गरि स्वास्थ्य बिमा लागू गरेको छ । सरकारले गरेको प्रतिबद्धता अनुसार उपचार नपाएको सेवाग्राहीहरुले गुनासो गर्दै आएका छन।
अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अरुण कुमार चौधरीले स्वास्थ्य बिमा गरेर आफू ठगिएको बताए । स्वास्थ्य सेवा निशुल्क पाउने आशले बिमा कार्ड लिएर अस्पताल पुगे, वडा अध्यक्ष चौधरीले भने, केही जाँच निशुल्क पनि पाँए । केही बाहिर गर्नुपर्छ भनेपछि पैसा तिरेर जाँच पनि गराए तर रिपोर्ट आएपछि डाक्टर सावले लेखेको औषधि अस्पतालमै थिएन । वडा अध्यक्ष चौधरीले गजेन्द्र नारायण सिंह अस्पतालका डाक्टरले सिफारिस गरेको औषधीको पुर्जा देखाउदै यी औषधी भित्र नभएकोले बाहिर लिनुर्छ भन्ने फुस्रा जफाव अस्पतालको फार्मेसीबाट पाएको बताए ।
स्वास्थ्य बिमा गरेर सरकारले जनतालाई आवश्यक परेको बेला उपचार र औषधीको ब्यवस्था नगर्ने बिमा योजना काम नभएको वडा अध्यक्ष चौधरीको भनाई छ । म जस्ता ब्यक्ती ठगीमा परे, वडा अध्यक्ष चौधरीले भने, आम सर्वसाधारण त झनै ठगिने नै भो । चौधरीले बिमा योजना सफलताको लागि औषधी उपचारको ब्यबस्था उचित समयमा हुनुपर्नेमा जोड दिए ।
सरकारले सबै नेपालीको स्वास्थ्य उपचारमा पहुंच पुर्‍याउने उदेश्यले लागू गरेको स्वास्थ्य बिमामा वार्षिक ३५ सयको बिमा गरेका परिवारको पाँच जना सदस्यलाई १ लाखको निशुल्क उपचार गर्ने भनिएको छ । अस्पतालमा उपचार गर्न जाँदा शुल्क बुझाउनु पर्ने बाध्यता कायमै रहेको सेवाग्राहीहरुले गुनासो गर्दै आएका छ्न ।
गजेन्द्रनारायण सिंह अस्पताल राजबिराजका मेडिकल सुपरिटेन्डेन्ट डा. रंजित झाले औषधी र उपचार नपाएको गुनासो आफुलाई काँहीबाट नआएको प्रतिक्रिया व्यक्त गरे । उनले स्वास्थ्य बिमा गरेकाहरुलाई प्रमाणको आधारमा निशुल्क औषधी उपचारको ब्यवस्था गरेको दाबी गर्दै कुनै एकदुई औषधी र जाँच बाहिर लिनुपर्ने हुन सक्ने बताए ।
मेडिकल सुपरिटेन्डेन्ट डा. झाले यस सम्बन्धमा बुझेर यस्तो पाईए सुधार गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । डा. झाले औषधी र स्वास्थ्य सेवामा कमि भए आफूसँग सम्पर्क गर्न सेवाग्राहीहरुलाई आग्रह समेत गरे ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page