कञ्चनरुप , २६ पुष ।
सप्तरी प्रहरीले २४ वर्षपछि भैँसी चोरि मुद्दाका आरोपितलाई पक्राउ गरेको छ ।
सप्तरीको साविक पिप्रा गाविस हाल कञ्चनरुप नगरपालिका वडा न. ४ का ५० वर्षीय लक्ष्मण सरदार बातरलाई भैँसी चोरि गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
स्थानिय भरत लाल बहरखेर यादवको भैँसी चोरि गरेको आरोपमा बातरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिनुभयो ।
प्रहरी नायव उपरीक्षक साहका अनुसार पक्राउ परेका बातरलाइ १ महिना कैद र ३७ हजार जरिवानाको फैसला गरिएको थियो । उनी विगत २४ वर्षदेखि फरार रहेको अवस्थामा प्रहरीले गोप्य सूचनाको आधारमा पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका बातरलाई जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment