मधेस प्रदेश समाज

राजविराजको विभिन्न ठाउँहरूमा आगो ताप्ने व्यवस्था

कञ्चनरुप, २०७७ माघ ०१ गते । सप्तरीमा पछिल्लो दुई तीन दिन देखी बढिरहेको शितलहरको कारणले मानिसहरूको जनजीवन अत्यन्तै प्रभावित भएको छ । गाउँ गाउँबाट काम विशेषले मानिसहरू सप्तरीको सदरमुकाम राजविराज आउने गर्दछन् । यस्तो अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराजको विभिन्न ठाउँहरूमा यसबाट राहत पाउन सुकेको दाउरा दिएर आगो ताप्ने व्यवस्था मिलाएको छ ।


सप्तरीका प्रमुख जिल्ला अधिकारी हरिशंकर आचार्यको नेतृत्वमा गजेन्द्रनारायण सिंह अस्पताल, गजेन्द्र चोक, अदालत अगाडि, रुपनी मोड र खानेपानी चोकमा सुकेको दाउरा बाल्ने व्यवस्था मिलाएको सप्तरी युथ नेपालको कोषाध्यक्ष बिष्णु यादवले बताउनुभयो ।
ज्येष्ठ नागरिक प्रदेश न। २ का अध्यक्ष शङ्कर शारद, सप्तरी जिल्ला अध्यक्ष तथा वरिष्ठ पत्रकार शिव हरि भट्टराई, बैजनाथ झा र सप्तरी युथ नेपालको कोषाध्यक्ष बिष्णु यादवको उपस्थितिमा सुकेको दाउरा वितरण गरिएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page