राजविराज, ४ माघ २०७७ । राजविराज जेसीजको ४६औं पदस्थापन तथा पुरस्कार वितरण समारोह राजविराजमा भव्यताका साथ सम्पन्न भएको छ ।
राजविराज जेसीज भवनमा आयोजित पदस्थापन समारोहमा अध्यक्षका रुपमा सिद्धार्थ तातेडको नेतृत्वमा नयाँ कार्यसमितिको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।
राजविराज जेसीजको ४६ वर्षको इतिहासमा पहिलो पटक बुवा पछि छोराको नेतृत्वमा राजविराज जेसीजको कार्यसमिति निर्वाचित भएको हो । सन १९९६ मा तातेडका बुवा सफल औषधी व्यवसायी कुँवरसिंह तातेडले राजविराज जेसीजको नेतृत्व गर्नुभएको थियो ।
राजविराज जेसीजमा पहिलो पटक २०२० मा महिलाको नेतृत्वमा गठित कार्यसमितिका अध्यक्ष नानीमैया कटवालको अध्यक्षता एवम् प्रदेश २ का प्रदेश सभा सदस्य मनिष सुमनको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा चेन हस्तान्तरण तथा पदस्थापन कार्यक्रम भयो ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुमनले जेसीजबाट राजनीतिकर्मीले धेरै कुरा सिक्नु पर्ने बताउनु भयो । ‘शासन व्यक्तिको होइन बिधीको हुनुपर्छ’ भन्ने जेसीज आस्था र दर्शनबाट प्रभावित क्रियाशील युवाहरुको राजनीतिमा हस्तक्षेप नहुँदा मुर्ख र बेइमानहरु राजनीतिमा हावी भएको बताउनु भयो ।
विभिन्न क्षेत्रमा असल ढंगले काम गरिरहेका प्रशस्त युवाहरु क्रियाशील रहेको जेसीजलाई सहयोग गर्ने गत वर्षदेखिको इच्छा यस वर्ष पुरा गर्ने प्रतिबद्धता दोहो¥याउँदै सुमनले जुनसुकै राजनीतिक विचारधारा भए पनि समाजलाई समृद्ध गर्न एकजुट हुनुपर्ने बताउनु भयो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/01/139713898_2812586455631630_7909677473894115602_o-1024x576.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/01/139713898_2812586455631630_7909677473894115602_o-1024x576.jpg)
कार्यकारी उपाध्यक्ष विप्लव आनन्दले स्वागत गर्नुभएको कार्यक्रममा नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, राजविराज जेसीजको पूर्व अध्यक्ष एवम् सप्तरी उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष शंकर दास, प्रहरी नायव उपरिक्षक भुवनेश्वर साह, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, एकल महिला समूहकी प्रदेश २ अध्यक्ष अनीता देवकोटा, जिल्ला बार एकाईका अध्यक्ष डोमन साह, उदयपुर जेसीज २०२० का अध्यक्ष ललीत नायकले कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल जेसीजका पूर्व अध्यक्ष गोबिन्द सिंह, राजविराज जेसीजका पूर्व अध्यक्षहरु जगदीश अर्याल, राजेन्द्र शर्मा, कारी मण्डल, कुँवर सिंह तातेड, महेन्द्रनाथ मुन्धडा, देवेन्द्र देवकोटा, अनन्तलाल साह, मनोहर पोखरेल, दिपेन्द्रकुमार दास, मिलन सिंह, सन्तोष सिन्हा, कृष्णकुमार देव, नेपाली सेनाका क्याप्टेन आर्जन राणा, इटहरी जेसीजका पूर्व अध्यक्ष भुवन राउत, अधिवक्ता मीना देव, महिला मानवअधिकार रक्षक सञ्जालकी गीता पाण्डे, मैथिली महिला परिषदकी प्रतिमा देब, विभिन्न कार्यालय, बैंक, बित्तिय संस्थाका अध्यक्ष एवम प्रबन्धकलगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष तातेडले जेसीज अभियानलाई सशक्त ढंगले अघि बढाउने र वर्ष २०२१ लाई उपलब्धिमूलक बनाउने प्रतिबद्धता जनाउनु भयो । अध्यक्ष तातेडले राजविराज जेसीजको कार्यसमितिको कानुनी सल्लाहकारमा गणेश दास महासचिवमा राजेश मण्डल, कोषाध्यक्षमा उज्जवल काबरा, तालिम संयोजकमा अनीषा ठाकुर, व्यापार निर्देशकमा सौरभ झा, जनसम्पर्क अधिकारीमा नम्रता राज, शाखा सम्पादकमा बिप्लब आनन्द र थिम सम्पादकमा सुनितकुमार मुन्नालाई मनोनयन गरिएको घोषणा गर्नुभयो ।
यसअघि निर्वाचन संयोजक संजय दासले अध्यक्षमा तातेड, कार्यकारी उपाध्यक्षहरुमा मनीष दास, रञ्जना चौधरी, सुनिलराज दास, उपाध्यक्षहरुमा पंकज देव, खेलानन्द दास, मीना साह, रबी राय, बिक्रम काबरा र रितेश यादव निर्वाचित भएको घोषणा गर्नुभयो ।
कार्यक्रममा जेसीज पदाधिकारीहरुले सञ्चालन गरेको पहिलो अनलाइन डेलिभरी सेवा दिने क्विक फुड्सले नास्ताको प्रबन्ध गरेको थियो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/01/139456086_3774418912609229_480809821300965073_o-1024x461.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/01/139456086_3774418912609229_480809821300965073_o-1024x461.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment