मधेस प्रदेश समाचार

रुपनगर चौकदेखि उदयपुरको शिवाई सम्मको मदन भण्डारी मार्ग निर्माण कार्य तिव्ररुपमा हुदै

कञ्चनरुप , २०७७ माघ ७ गते । सप्तरीको रुपनगर चौकदेखि उदयपुरको शिवाई सम्मको मदन भण्डारी मार्गको निर्माण कार्य अहिले तिव्ररुपमा भइरहेको छ ।
२०७५ साल फागुन १ गते राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले शिलान्यास गर्नुभएको मदन भण्डारी मार्गको निर्माण कार्य तिव्ररुपमा भइरहेको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्रीले जानकारी दिनुभयो ।
मदन भण्डारी मार्ग अन्र्तगत सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. १२ रुपनगर चौकदेखि चर्खिया,बस्तिपुर,श्रावणपुर,पौडाहा खोला हुदै उदयपुरको सिवाई सम्मको सडक निर्माण कार्य अहिले तिव्रगतिमा भइरहेको उहाँले बताउनुभयो ।
आर्थिक बर्ष २०७७/०७८ मा ठेक्का पाएका बजरङग कन्ट्रक्सन काठमाण्डौले चर्खिया देखि पौडाहा खोला श्रावणपुर सम्मको सडक खण्डमा कालो पत्रेका लागि अहिले माटो खसाउने र ग्राइभलको काम सुरु गरेको छ ।
यस आर्थिक वर्षमा रु ४ करोड ४० लाखको बजेटबाट बजरङग कन्ट्रक्सन काठमाण्डौले तत्काल मदन भण्डारी मार्ग सडकमा माटो भर्ने र ग्राइभलको काम सकेपछि कालोपत्रे समेत गर्ने योजनाका साथ सडकबाटो निर्माणको काम तिव्ररुपमा भइरहेको जनाएको छ ।

मदन भण्डारी मार्ग निर्माण कार्य

सडकमा अहिले टिपर र ट्रयाक्टरबाट माटो खसाउने काम भइरहेको छ भने कालोपत्रेको कामका लागि समेत तयारी तिव्ररुपमा जोरतोरका साथ गरिएको कञ्चनरुप नगरपालिका नगर प्रमुख बसन्त कुमार मिश्रले जानकारी दिनुभयो ।
यस्तै रु एक करोडको ठेक्का पाएका निरज जोशीले पनि मदन भण्डारी मार्ग अन्र्तगत त्रिमार्ग देखि शिवालय मन्दिर हुदै चर्खिया सम्मको करिब ७ सय मिटर सम्म सडकमा माटो भर्ने र माटो मिलाउने काम समेत सुरु गरिएको छ
गत आर्थिक वर्ष २०७६/०७७ मा समेत रु एक करोडको लागतमा रुपनगर चौकदेखि शिवालय चौक सम्म करिब ७ सय मिटर कालोपत्रे सम्पन्न गरेको थियो । त्यपछि सो सडक खण्डमा बाँकी रहेको सडकबाटो निर्माणको काम अहिले भइरहेको जनाइएको छ ।
रुपनगर चौक देखि उदयपुरको सिवाई सम्म निर्माण भइरहेको मदन भण्डारी मार्गको लम्बाई भने १३ किलो मिटर रहेको छ ।
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले शिलान्यास गर्नुभएको सो मदन भण्डारी मार्ग रुपनगर चोकदेखि चर्खिया, बस्तीपुर, पौडाहा खोला हुँदै उदयपुर जिल्लाको सिवाइ हुँदै पहाडी मार्गसम्म जोडिने छ ।
यसका लागि प्रत्येक आर्थिक बर्षमा बजेट विनियोजन भई ठेक्काका लागि सम्झौता अनुसार कामहरु समय समयमा भइरहेको सडक डिभिजन कार्यालय लहानको भनाई छ । यस क्षेत्रमा फराकिलो सडक बाटो बन्न थालेपछि स्थानियबासीहरु समेत खुशी भएका छन् ।
सडक बाटोको अभाव खेप्दै आएका रुपनगरबासी अहिले सप्तरीको रुपनगर चौकदेखि उदयपुरको शिवाई सम्मको मदन भण्डारी मार्गको निर्माण कार्य देखेर स्थानियबासी खुशी मात्रै होइन कि बाढी र बर्षाको समयमा नाङगे खुटा हिडनुपर्ने बाध्यता समेत अन्त्य हुन लागेको स्थानिय हेम अधिकारीले बताउनुभयो ।
यो सडक मदन भण्डारी मार्गमा कालोपत्रे भएर निर्माण भइसकेपछि उदयपुरको पहाडी मार्गमा जोडिएकाले ब्यापारीक दृष्टीकोणले ट्रक,सुमो गाडी र बसमा सामान ओहोरदोहोर गर्न समेत सजिलो हुने ब्यापारी नजिर मियाँ बताउनुहुन्छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page