समाज

सप्तरीको कञ्चनरुपमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

कञ्चनरुप , २०७७ माघ ८ गते । सप्तरीको कञ्चनरुपमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना सख्त घाइते भएका छन् ।
जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्बर ११ स्थित ठेलीया (महुली धार) मा आज बिहीबार ट्रयाक्टर दुर्घटना भएको हो ।
दुर्घटनामा परी सोही नगरपालीका लक्ष्मणपट्टीका सहदेव रामका छोरा रामआशिस रामको मृत्यु भएको स्थानिय अशोक गोजेवारले जानकारी दिनुभयो ।
उनी श्री भुवन माध्यमिक विद्यालय ठेलियामा कक्षा ९ मा अध्ययनरत थिए ।
सोही दुर्घटनामा परि अन्य ३ जना गम्भिर घाइतेसमेत भएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page