शिक्षा

शंकर माध्यमिक विद्यालय रुपनगरद्वारा छात्रवृत्ति वितरण

उत्सव आचार्य /
कञ्चनरुप, २०७७ माघ ९ गते ।
सप्तरीको शंकर माध्यमिक विद्यालय कञ्चनरुप १२ रुपनगरले आज छात्रवृत्ति वितरण गरेको छ ।
चार सय रुपैयाँका दरले जनही कक्षा १ का दलित ३७, छात्रा ३४ जना , कक्षा २ का दलित २१ जना, छात्रा ९ जना, कक्षा ३ का दलित २४ जना, छात्रा २७ जना, कक्षा ४ का दलित २५ जना, छात्रा २८ जना, कक्षा ५ का दलित २३ जना, छात्रा २८ जना, कक्षा ६ का दलित ३० जना, छात्रा ३८ जना, कक्षा ७ का दलित २३ जना , छात्रा ३९ जना, कक्षा ८ का दलित १९ जना, छात्रा ३९ जना र जनही पाँच सय रुपैयाँका दरले कक्षा ९ का ७० जना छात्रा , कक्षा १० का ५५ जना छालाहरुलाई छात्रवृत्ति वितरण गरिएको छ ।

वडा नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्री

जम्मा दुई लाख ४० हजार १ सय रुपियाँ छात्रवृत्ति वितरण गरिएको विद्यालयका प्रधानाध्यापक गंगाप्रसाद साहले बताउनुभयो ।
उपप्रमुख निरु पोखरेलले छात्रवृत्ति वितरण कार्यक्रमको उद्घाटन गर्नुभएको थियो भने , वडा नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्री , शिक्षा शाखाका ललितनारायण यादव , अभिभावक र सञ्चारकर्मीहरुको उपस्थितिमा छात्रवृत्ति वितरण गरिएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page