काठमाडौं: अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल)अन्तर्गत सिड्नी सिक्सर्सविरुद्ध होबार्ट हरिकेन्समा आवद्ध नेपाली लेगस्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका छन् ।
उनले आज चार ओभरमा महत्वपूर्ण २ विकेट लिएर २४ रन खर्चिए । योसँगै जारी सिजनमा सन्दीपले ७ म्याच खेल्दा ८ विकेट लिएका छन् ।
सन्दीपले कप्तान हेनरिक मोइसेस र स्टार अलराउन्डर डानियल क्रिस्टियनको विकेट लिए ।
मोइसेसलाई सन्दीपले ४३ रनमा क्याच आउटको सिकार बनाए । क्रिस्टियनलाई भने उनले शून्य रनमै क्लिन बोल्ड गरे। सन्दीपले आज पहिलो ओभरमा बिनाविकेट ८, दोस्रो ओभरमा बिनाविकेट ६, तेस्रो ओभरमा २ विकेटसहित ८ र अन्तिम ओभरमा बिनाविकेट ३ रन खर्चिए ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment