राजविराज, माघ १३ गते । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालकै कारण पार्टीमा अहिलेको अवस्था आएको टिप्पणी गर्नुभयो ।
सप्तरीको राजविराज रंगशालामा आज आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै पोखरेलले भन्नुभयो– ‘महाधिवेशन नहुञ्जेल दुई अध्यक्षको व्यवस्था र पाँच वर्षसम्म अध्यक्ष ओलीको नेतृत्वमा स्थिर सरकार रहने सहमति उहाँहरुले बीचमै तोडेर हटाउने षडयन्त्र गरेका कारण पार्टी विभाजनको अवस्था आएको हो ।’ निर्वाचन आयोगले नेकपा फुटको विरुद्धमा निर्णय गरेको व्याख्या गर्दै उपप्रधानमन्त्री पोखरेलले नेकपाबाट उम्मेदवार हुन र सुर्य चिन्हबाट चुनाव लडन नेकपाको प्रथम अध्यक्ष ओलीकै हस्ताक्षर चाहिने बताउनु भयो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/01/142731817_130895918875765_3769122925385567658_n-1024x473.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/01/142731817_130895918875765_3769122925385567658_n-1024x473.jpg)
नेकपाका सचिवालय सदस्य समेत रहनु भएका पोखरेलले ‘एक प्रदेश–एक स्वास्थ्य विज्ञान प्रतिष्ठान’ निर्माण गर्ने सरकारको नीति अन्तर्गत प्रदेश २ को राजविराजमा बन्ने ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’को शिलान्यास गर्न चाँडै प्रधानमन्त्री ओली आउने बताउनु भयो ।
साथै पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रारम्भ गरिने कोरोना बिरुद्धको भ्याक्सिन देशका सातै प्रदेशका चार लाख नेपालीले एक सातामा लगाउने बताउनु भयो ।
सहरी विकास मन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य प्रभु साहले माओवादीको नाम, पहिचान, चुनाव चिन्ह, जातीय स्वायत्तता र आत्मनिर्णयको अधिकारको एजेण्डा प्रचण्डले बिक्री गरिसकेको बताउनु भयो । अध्यक्ष र प्रधानमन्त्री पदका लागि एक–एक गरेर सहयोद्धाहरु बिर्सदै जाने, घाइते जनमुक्ति सेनाको रकम भ्रष्टाचार गर्ने असली माओवादी हुन नसक्ने भन्दै साहले जनमुक्ति सेना र माओवादीको एजेण्डा बर्तमान सरकारले पुरा गर्ने विश्वास दिलाउनु भयो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/01/142897620_170100264519148_7333677208076361154_n-1024x473.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/01/142897620_170100264519148_7333677208076361154_n-1024x473.jpg)
कानुनमन्त्री लीलानाथ श्रेष्ठले प्रतिनिधिसभा विघटनलाई प्रतिगमन भन्नु जनताको आँखामा छारो हाल्ने काम भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिले न कसैलाई थुनामा राखिएको छ, न त कुनै अधिकार नै खोसिएको छ, कसरी प्रतिगमन भयो ?’
प्रधानमन्त्री ओलीलाई साहासिक राष्ट्रवादी नेताको संज्ञा दिँदै मन्त्री श्रेष्ठले भारतको पटक पटकको नाकाबन्दीका कारण पारबहन सन्धी गर्नु परेको खुलासा गर्नुभयो । भारतको डरका कारण विगतमा सत्ताको नेतृत्वमा रहेको कांग्रेसले चीनसँग पारबहन सन्धी नगरी देशलाई भारतमाथि आश्रित राखेको आरोप समेत लगाउनुभयो ।
महिला बालबालिका मन्त्री जुली महतोले प्रतिनिधि सभाको विघटन प्रधानमन्त्रीको सही कदम भएको भन्दै निर्वाचनले नै देशको राजनितिक भविष्य तय गर्ने र अराजक भाषा बोल्ने नेताहरुलाई नेपाली जनताले परास्त गर्ने दाबी गर्नुभयो ।
नेकपा सप्तरीका संयोजक ताराकान्त चौधरीको अध्यक्षतामा भएको भेलामा पूर्व मन्त्री तथा नेताहरु सत्यनारायण मण्डल, रघुविर महासेठ, राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल, संविधान सभा पूर्व सदस्यहरु ज्वाला साह र रञ्जु ठाकुर, केन्द्रीय सदस्य सुखराम यादव, अखिलेश झाले जीवनभरी अध्यक्ष बन्ने र चुनाव नजिते पनि प्रधानमन्त्री बन्ने प्रचण्ड र माधव नेपालको दोहोरो प्रवृत्तिका कारण पार्टी समस्यामा परेको धारणा राख्नु भयो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/01/143104380_716727778992188_6408030257508844860_n-1024x473.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/01/143104380_716727778992188_6408030257508844860_n-1024x473.jpg)
भेलामा राजपा नेपालका तत्कालिन केन्द्रीय उपाध्यक्ष रामनारायण यादव, केन्द्रीय सदस्यहरु उदयनारायण यादव, नथुनी यादव, मधेस राष्ट्रिय जनतान्त्रिक पार्टीका केन्द्रीय उपाध्यक्ष अनिल सिंह, जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का केन्द्रीय सदस्य उपेन्द्र यादव, मोर्चा (भगत सिंह) का केन्द्रीय सदस्य भवानी अरगडिया, तराइ जनतान्त्रिक मुक्ति मोर्चाका केन्द्रीय सदस्य योगेन्द्र यादव, राप्रपाका अशोक साह, नेबिसंघ जिल्ला सदस्य दिपक झा, जसपाका युवा नेताहरु मनिष झा, सन्तोष झा, सुरेश महतो, आनन्द मण्डल, सत्यम साहलगायत दुई हजार नेकपामा प्रवेश गरे ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/01/143479415_1044387512734656_4886117743356829651_n-1024x473.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/01/143479415_1044387512734656_4886117743356829651_n-1024x473.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/01/IMG_20210126_134538-1024x473.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/01/IMG_20210126_134538-1024x473.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/01/143060273_2864796980433070_4571096387906352827_o-1024x472.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/01/143060273_2864796980433070_4571096387906352827_o-1024x472.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/01/142816571_2891764387721034_6561593051665322000_n.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/01/142816571_2891764387721034_6561593051665322000_n.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment