समाचार

आप्रवासी कामदार हकहित संरक्षण केन्द्र सप्तरीद्वारा पाँच बुदे माग सहित ज्ञापन पत्र बुझायो

कञ्चनरुप , माघ १४ गते ।
आप्रवासी कामदार हकहित संरक्षण केन्द्र सप्तरीले आज (बुधबार) बैदेशिक रोजगार व्यवसायीहरुबाट भइरहेको ठगिलाई नियन्त्रण गर्न लगायत विभिन्न पाँच बुँदे मागसहित जिल्ला प्रसाशन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
आप्रवासी कामदार हकहित संरक्षण केन्द्र सप्तरीद्वारा आप्रवासी कामदार र तिनका परिवारका हक र अधिकारका लागि दवाब स्वरुप राजबिराजको शिव मन्दिरको प्राङ्गण देखि जिल्ला प्रशासन कार्यालय सप्तरीसम्म आफ्ना पाँच बुदे माग सहितको ¥यालीको साथ ज्ञापन पत्र सहायक प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यालय ,श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र बैदेशिक रोजगार विभागमा बुझाइएको छ ।

ज्ञापन पत्रमा

स्वदेशमा पर्याप्त रोजगारीका अवशरहरु नभएका कारणले बर्षेनी ४ लाखको हाराहारीमा नेपाली युवाहरु वैदेशिक रोजगारीमास् जान बाध्य भएका छन्‌ । देशको वर्तमान राजनीतिक, आर्थिक अवस्था एवं औद्योगिक अवस्थालाई दृष्टिगत गर्दा अझै धेरै बर्षसम्म यो प्रकृया निरन्तर
चलिरहने सजिलै आँकलन गर्न सकिन्छ ।
हालको अवस्थामा वैदेशिक रोजगारीमा गएका युवाले पठाएको विप्रेषणले नेपालको क्‌ल ग्राहस्थ्य उत्पादनमा औषतमा २८ प्रतिशत योगदान गरेको तथ्याङ्क देखिन्छ । वैदेशिक रोजगारीमा सप्तरी जिल्ला नेपाल, मै पाँचौ स्थानमा रहेको र विप्रेषण आर्जनमा प्रदेश नं. २ दोस्रो स्थानमा रहेको
जानकारी गराएको छ ।
उल्लेखित पृष्ठभूमिमा सप्तरी जिल्लाले वैदेशिक रोजगारको क्षेत्रलाई अझ सुरक्षित, व्यवस्थित र अधिकतम्‌ लाभदायी बनाउनको लागि थप प्रयास गर्न अति आवश्यक रहेकोछ बताएका छन् ।
१. वैदेशिक रोजगार व्यवसायीहरुवाट भईरहेको ठगीलाई नियन्त्रण गर्न वैदेशिक रोजगार बिभागबाट भईरहेको अनुगमनलाई तिव्रता प्रदान गरियोस्‌ ।
२. बीमा कम्पनिहरुले मृतक परिवारलाई प्रदान गरिने बीमित रकम भुक्तानी दिने क्रममा इच्छा
३. फ्रि(भिसा, फ्रि(टिकट पूर्णरुपमा कार्यान्वयन गरियोस्‌ ।
४. बिदेशबाट मृतकको लाश तदारुकताका साथ ल्याउने काम गरियोस्‌ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page