समाचार

परालको थुप्रोमा लुकाएर राखिएको अवस्थामा ४१ किलो लागुऔषध गाँजा बरामद

कञ्चनरुप , माघ २१ गते । सप्तरीमा सशस्त्र प्रहरीले ४१ किलो गाँजा बरामद भएको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ सकरदहीमा परालको थुप्रोमा लुकाएर राखिएको अवस्थामा ४१ किलो लागुऔषध गाँजा बरामद भएको सशस्त्र प्रहरी सप्तरीका प्रमुख प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सार्वजनिक जग्गामा राखिएको परालको थुप्रोभित्र लुकाएर राखिएको अवस्थामा गाँजा बरामद भएको हो ।
गाँजा राखेर विभिन्न ठाउँमा बिक्री वितरण गर्ने गरिएको बताउँदै उनले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको बताए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page