श्रृङ्गारमा चोलीको
समाजमा बोलीको
र बन्दुकमा गोलीको धेरै महत्त्व हुन्छ।
बिहेका दुलाको
भान्सामा चुलाको
र घरमा ठुलाको धेरै महत्त्व हुन्छ।
पुजामा थालीको
खुशीमा तालीको
र ओठमा लालीको धेरै महत्त्व हुन्छ
भगवान्मा रामको
इज्जतमा नामको
र बजारमा दामको धेरै महत्त्व हुन्छ
शरीरमा पेटको
संचारमा नेटको
र प्रेममा भेटको धेरै महत्त्व हुन्छ
पोखरीमा कमलको
परिक्षामा नकलको
र पिडामा असलको धेरै महत्त्व हुन्छ
तरकारीमा आलुको
जंगलमा भालुको
र जिवनमा मायालुको धेरै महत्त्व हुन्छ।
मौसममा श्रावनको
लंकामा रावनको
र घरमा आगनको धेरै महत्त्व हुन्छ।
–ममता अर्याल (लैलै)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment