राजनीति

काठमाडौं उपत्यकामा बन्दको प्रभाव खासै परेन , पसल तथा यातायात खुले

काठमाडौं । पुष्पकमल–माधव समूहको बन्दको प्रभाव काठमाडौं उपत्यकामा खासै परेको छैन ।
विहान केही समय सार्वजनिक यातायात र पसलहरु बन्द रहेपनि विस्तारै पसल तथा यातायात खुल्न थालेका छन् ।
प्रहरीले अराजक गतिविधि गर्दै हिडेकी अष्टलक्ष्मी शाक्य सहित ६० भन्दा बढि पुमा समूहका कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएसँगै सडकमा उक्त समूहको उपस्थिति घट्दै गएको छ ।
सडकमा कार्यकर्ता उभिन छाडेपछि उक्त समूहका अध्यक्ष पुष्प कमल दाहाल स्वंयम कोटेश्वरमा निस्किएपनि ५० जना कार्यकर्ता पनि नभएसँगै उनी निराश बनेर फर्किएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page