कञ्चनरुप, २८ माघ । सप्तरीको राजगढ गाउँपालिका ५ स्थित धौनकी टोलमा आगलागी हुँदा चारवटा घर जलेर नष्ट भएको छ । स्थानीय सहदेव मण्डलको गाइको गोठमा बालिएको घुरबाट अचानक सल्किएको आगोबाट लाखौंको क्षति भएको छ ।
आगोबाट मण्डलको गाई गोठका साथै छिमेकीहरु शिवकुमार मण्डल, सुवंश मण्डल र कपलेश्वर मण्डलको एक एक ओटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
अचानक भएको आगलागीमा परी सहदेवको भैंसी जलेर मरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । शिवकुमारको करिब २५ मन धान समेत जलेर खरानी भएको स्थानीयवासीले जानकारी दिएका छन् ।
आगलागीमा परी करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको जनाएको छ ।
राजविराज नगरपालिकाबाट गएको बारुणयन्त्र प्रहरी र स्थानीयवासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिईएको थियो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment