काठमाडौं । काठमाडौं प्रहरीले भालुको पित्तसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
बुढानिलकण्ठ एरियामा केही व्यक्तिहरुले प्रतिबन्धित भालुको पित्त अबैध रुपमा बिक्रि वितरण गर्नको लागी लुकाई छिपाई ल्याएको छ भन्ने बिशेष सुचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौंको बुढानिलकण्ठ–७ विष्णुमति चोकबाट भालुको पित्तसहित संखुवासभाका ३२ वर्षीय बिगुल राईलाई पक्राउ गरेको हो ।
राईबाट प्रहरीले १०३ ग्राम तौल भएको प्रतिबन्धित भालुको पित्त २ थान बरामद गरिएको जनाएको छ । राईले भालुको पित्त प्रतिग्राम २५ हजारका दरले बिक्री गर्न लागेका थिए ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment