समाचार

विचोलियाहरुले झुटको खेती गरेर आफ्नो चरित्रहत्या गरेकोमा वडाध्यक्ष कैलाश साहको आपत्ती

कञ्चनरुप , फागुन ५ गते । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष कैलाश साहले आफूलाई समाजका केहि खराब मानिसहरुले चरित्रहत्या गराउँने काम गरेको भन्दै आपत्ती जनाएका छन् । समाजको हकहितका लागि आफूले मेरुदण्ड बनेर निःस्वार्थ भावनाले काम गर्दै आएको छु तरपनि बिचोलियाहरुले झुटको खेती गरेर आफूलाई बदनाम गराउँदै हिडेको अध्यक्ष साहले बुधवार पत्रकार सम्मेलनमा बताए ।
साहले आफ्नै निवास पथरीमा पत्रकार सम्मेलन गरेर भने—आफ्ना वडा स्थित पथरीटोलका आफू समेत ६६ घरपरीवारले गाउँ ब्लक जग्गाको धनीपुर्जा प्राप्त गरेपछि कमिशन खोर बिचोलियाहरुले उल्टै मलाई नै लाखौ रुपैयाँ असुली गरेको भनी भ्रमात्मक समाचार समेत प्रकाशनमा ल्याएको छ । गाउँब्लकको जग्गाको लागि २०७०—०७१ मा नापी गराउँने र सो जग्गाका लागि मौजावाल शान्त बिक्रम राणासँग जग्गा दावी र मुद्घामामलामा अहोरात्र संघर्ष गर्दै आज गाउँका विपन्न, गरीव समुदायलाई आफ्नो नामको कागज प्रमाण—पत्र उपलब्ध गराएको छु यसमा मैले कुनै स्वार्थसिद्घ गरेको छुइन साहले भने ।
समुदायमा दलितको बाहुल्यता रहेको र यिनिहरुमा आर्थिक, शैक्षिक लगायतमा कमजोर भएकोले यसको फाइदा उठाएर धनीपुर्जा र जग्गा मिलान गरीदिने भन्ने आश्वासनमा केहि बिचोलियाले तहल्का मच्चाउँदै आएका थिए तर तिनिहरुले ठग्न नपाएपछि रिस म माथी खन्याएका हुन् ।

यत्तिखेर म माथी पथरीकै विवि फातिमा र सरीता ठाकुरले आफ्नो बदनाम गर्दे हिडेको साहले भने—दलित बस्तीका समुदाय र तिनिहरुका बालबच्चालाई विद्यालयसम्म जान सजिलो होस् भनेर बाटो निर्माण गर्दा फातिमाले भोगचलन गर्दै आएको सरकारी जग्गा मिचियो भनेर उ माथी खनिएको हो र ठाकुरको छोराले चोरी गरेको मुद्घामा कारवाहीको प्रोसेस गरेको थिएँ त्यहि रिस हो । अध्यक्ष साहले हरेक समाजमा यस्ता बिगडादायक मानिसहरु हुन्छन् उनीहरुले जहिले पनि अर्काको कुभलो चाहान्छन् तर सज्जन र इमान्दार व्यतिले यस्ताको कुरा सुनेर पत्यार गर्नु र मान्नु लाजमर्दाे हुनेभएकोले यस्ताको भनाईमा मिडियाकर्मीले पनि नलागिदिन आग्रह समेत गर्नुभयो ।
२०७५ सालमा राणा बिरुद्घ परेको मुद्घा खर्चका लागि समुदायको सल्लाह सहमतिले जनही रु पाँच सयका दरले संकलन गरेका थियौं त्यो बाहेक एक रुपैयापनि कसैसंग नलिइएको भन्दै पत्रकार सम्मेलन मार्फत दर्जनौं महिला एवं पुरुषलाई सहभागी गराएर प्रमोद साह समेतले प्रष्ट्याएका थिए ।

केही सञ्चार माध्यममा गाउँब्लक जग्गाको धनीपुर्जा उपलब्ध गराइदिने भन्दै ५० लाख रुपैयाँ असुली शिर्षकमा समाचार सम्प्रेशन भएपछि साहले पत्रकार सम्मेलन गरेका थिए । उपस्थित सबैले भर्खरै प्राप्त गरेको जग्गाको धनीपुर्जा देखाउँदै हामीसंग अध्यक्ष साहले रुपैया मागेको छैन बरु नापीशाखामा लागेको रु २५ पनि उनैले तिरिदिएको हो भने । आफूहरु रातौंदिन बनिबुतो गरेर गुजारा गर्नुपर्छ, खानलाई धौ धौ छ, पैसा नहुने हामीहरुले कहाँबाट ल्याएर दिनु ? यस्तो सवाल गर्दै सीताराम पण्डितले बताए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page