शुक्रबार, १४ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर शुक्रबार, १४ कात्तिक २०८३
राष्ट्रिय

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ४०१ जना कैदीहरु र १५ जना बन्दीको सजाय मिनाहा

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ४०१ जना कैदीहरु र सालिन्द्र यादवसहित विभिन्न कारागारमा रहेका १५ जना बन्दीको सजाय मिनाहा हुने भएको छ ।
विभिन्न कारागारमा रहेका उनीहरुलाई अदालतबाट भएको फैसला बमोजिम लागेको कैद, जरिवाना, सर्वस्वलगायतको सजाय माफी गरिएको हो । यस्तै ४०१ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरेर माफी मिनाहा हुने भएको छ ।
प्रशासन कार्यालय र कारागार शाखाको सिफारिसमा असल बानीव्यहोरा भएका, कारागारको मापदण्ड पूरा गरेका कैदीको छुट दिने मापदण्डका आधारमा छुट दिने निर्णय गरिएको सरकारले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page