समाचार

नेपाल प्रेस युनियन शाखा सप्तरीद्वारा विभिन्न निर्णय गर्दै बैठक सम्पन्न

राजविराज , फागुन १६ गते । नेपाल प्रेस युनियन शाखा सप्तरीले विभिन्न निर्णय गर्दै आज राजविराजमा बैठक सम्पन्न गरेको छ ।
निर्माण व्यवसायी संघको सभाहलमा सम्पन्न बृहत बैठकले नेपाल पत्रकार महासंघको निर्वाचनका लागि अन्य पत्रकार समबद्ध संगठनसँग समन्वय तथा सहकार्य गर्न ७ सदस्यीय समिति गठन गरेको छ।
गठित समितिमा युनियनका मुरलीप्रसाद यादव, धीरेन्द्र प्रसाद साह, गणेशलाल देव , मनोजकुमार माझी, अर्जुन प्रसाद साह, शम्भुलाल देव र शिवनारायण साह रहेका छन् ।
युनियनका अध्यक्ष श्रवण कुमार देवका अनुसार समितिले महासंघकोआगामी निर्वाचन विषयमा अन्य संगठनसँग समन्वय तथा सहकार्य गरी युनियनको नेतृत्वमा चुनावमा जान आवश्यक धारणा सहितको निर्णय गरेको छ ।
पत्रकार महासंघ सबैको छाता संगठन भएकोले सबै संगठन मिलेर महासंघको चुनावमा जाँदा उपयुक्त हुने समन्वय तथा सहकार्य समितिका सदस्य धीरेन्द्र प्रसाद साहले जानकारी दिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page