राम नारायण यादव /
राजविराज, १९ फागुन । हिन्दु धर्म र संस्कृतिको रक्षा गर्ने उदेश्यका साथ सप्तरीको बलान विहुल गाउँपालिकामा आउँदो शुक्रबार देखि अन्तराष्ट्रिय रामनाम मानश महायज्ञ सुरु हुन लागेको छ ।
सनातन हिन्दुत्वको भावनाको विकाश गर्दै हिंसाको अन्तय र सकारात्मक सोच अभिबृद्धिका लागि गाउँपालिकाको वडा नम्वर ४ बेल्ही गाउँमा श्री श्री १०८ श्री अन्तराष्ट्रिय रामनाम मानश महायज्ञको आयोजना गर्न लागेको आयोजक समितिले जनाएको छ ।
उत्त महायज्ञ १० दिन सम्म चल्ने यज्ञको संयोजन धनुषा जिल्लाको हंशपुर नगरपालिका रामजानकी मन्दिरका महन्थ देव दास निर्माणले गर्न लागेका छन् भने भारत उत्तर प्रदेश राज्यको अयौध्या बनाछौनिका डाक्टर मानश मधुकरले प्रवचनकर्ताको रुपमा आइरहेका छन् ।
महायज्ञ अवधिभर भारत बृन्दावनका कलाकारहरुद्वारा राशलिला तथा रामलिलाको आयोजन हुनुका साथै रामझुला, मौतका कुवा सहितको मनोञ्जनका कार्यक्रमहरु यज्ञ अवधिभर संचालन हुने आयोजक समितिले जनाएको छ ।
महायज्ञको बारे मंगलवार यज्ञ स्थलमै पत्रकार सम्मलेनको आयोजना गरी यज्ञ तयारीका बारेमा आयोजक समितिले जानकारी गराए । आयोजित पत्रकार सम्मेलनमा बोल्दै यज्ञ आयोजक समितिका अध्यक्ष शंकर गुप्ताले गत वर्ष नै यज्ञको आयोजन गर्न तयारी शुरु गरिए पनि करोना संक्रमणका कारण स्थगित गर्नु परेको बताए ।
महायज्ञमा कुल ४० लाख खर्च हुने र सोका लागि स्थानिय गाउँलेबाट १८ लाख चन्दा सहयोग तथा गाउँपालिकाबाट ५ लाख ५० हजार र वडा कार्यालयबाट २ लाख सहयोग प्राप्त भएको जानकारी समेत उनले दिए । यसैगरी गउँपालिकाले ५० बोरा चामल, दाल एक क्विन्टल, तेल एक क्विन्टल सहयोग गरेको उनले बताए ।
महायज्ञलाई ब्यवस्थित पार्न सिसि क्यामरा जडान गरिनुका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरीसंगै २ सय स्वयसेवक परिचालन गरिने जानकारी समेत उनले दिए । महायज्ञबाट हुने आम्दानी शैक्षिक संस्था र सामाजिक कार्यमा लगानी गरिने समेत उनले बताए ।
सोहीे पत्रकार सम्मेलनमा बोल्दै बलान विहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोईतले मानव कल्याण र सनातन हिन्दु धर्मको सरक्षण र सम्र्बधनका लागि यज्ञलाई सफल बनाउन गाउँपालिका तत्पर रहेको बताए ।
यसैगरी बलान विहुल गाउँपालिका की उपाध्यक्ष रुवी गुप्ताले यज्ञ सफल बनाउन सबैको सहयोग आवश्यक रहेको भन्दै यज्ञ अवधिभरी महिला र बालबालिकाको सुरक्षा संबेदनशिलतालाई ध्यानमा राखि सुरक्षाको समुचित प्रवन्ध मिलाईएको बताए ।
त्यसैगरी वडा अध्यक्ष हसु मियाँले शान्तिपूर्ण रुपमा यज्ञ सफल पार्न आफु लागि परेको बताए ।




Add Comment