कोशी प्रदेश समाचार

धरानको भृकुटी पथबाट लागुऔषध सहित एक जना पक्राउ

धरान, फागुन २० गते । धरानको भृकुटी पथबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् ।
प्रहरीले धरान १३ भृकुटी पथका ३३ वर्षीय चेत बहादुर मगरलाई लागुऔषध सहित पक्राउ गरेको हो।
१ नम्बर प्रदेश प्रहरी कार्यालय अनुसन्धान समुह र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले बुधबार मगरको आफ्नै घर कोठामा लुकाई छिपाई राखेको Diazelab -१० ऐम्पुल, Phenergan -२३ ऐम्पुल, Avil -१३ ऐम्पुल र Lupigesic -११ ऐम्पुल सहित पक्राउ गरिएको छ ।
पक्राउ परेका मगर उपर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page