राजनीति

नेकपा एमाले ब्युतिएपछि सप्तरीको कञ्चनरुपमा दिपावली

कञ्चनरुप सप्तरी , २३ फागुन । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएसँगै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रकै अवस्थामा पुगेको फैसला गरेपछि सप्तरीको कञ्चनरुप १२ रुपनगर चौकमा दिपावली गरिएको छ ।
एमाले पार्टीका नेता कार्यकर्ता, प्रेस संगठन नेपाल, युवा महिला तथा बुद्धिजिविहरुको सहभागितामा युवासंघको आयोजनामा दिपावली गरिएको हो ।

दिपावलीमा नेकपाका नेताहरु पेशल जोशी,लिलबहादुर मगर ,प्रेस संगठनका प्रदेश २ का सदस्य उत्तम आचार्य, जिल्ला सदस्य उत्सव आचार्य युवा संघका केवल खत्री , जैनुदिन मियाँ लगायतको उल्लेख्यमात्रामा उपस्थिति रहेको थियो । सो अवसरमा उनिहरुले केपी ओलीको समर्थनमा नाराबाजी समेत गरेका थिए ।

न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम आज नेकपाको आधिकारिकता उनलाई दिएको हो । यो फैसलासँगै अब केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि २०७५ जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी नामकरण गरिएको थियो । सो पार्टी निर्वाचन आयोगमा त्यसअघि नै दर्ता रहेको भन्दै कट्टेलले आयोगमा उजुरी दिएपछि केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाले कोष्टमा (नेकपा) थपेको थियो ।
निर्वाचन आयोगले कट्टेलको मागविपरीत निर्णय गरेपछि उनी अदालत गएका थिए । २०७५ मंसिरमा अदालत पुगेका कट्टेलको मुद्दामाथि दुई वर्षपछि फैसला भएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page