उत्सव आचार्य /
कञ्चनरुप , २०७७ फागुन २७ गते । सप्तरीको कञ्चनरुपमा आगलागी पिडित परिवारलाई आज बिहीवार समाजसेवी तथा नेपाली काँग्रेसका क्षेत्रिय सह–सभापति ललन प्रसाद गुप्ताले खाद्यान्न लगायतका सामाग्रीहरु सहयोग गर्नुभएको छ ।
जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्बर ४ बकालका जग्दीश साह र नारायण साहको घरमा आगलागी हुँदा १ लाख ५० हजार बराबरको क्षति भई समस्यामा परेका परिवारलाई राहत स्वरुप खाद्यन्न सहयोग गर्नुभएको हो ।
समाजसेवी ललनप्रसाद गुप्ता वकाल स्थित पिडित परिवारको घरमै पुगी आगलागीको निरिक्षण गरी पिडित परिवारलाई दैनिक गुजारा चलाउन तत्काललाई आवश्यक चामल १ बोरा , भुजा १ बोरा , झुल २ थान, बाल्टीन , जग लगायतका खाद्यान्नहरु सहयोग गर्नुभएको छ ।
दुख तथा पिरमर्कामा परेका पिडित परिवारहरुलाई सहयोग गर्न पाउनु आफ्नो दायित्व रहेको गुप्ताले बताउनुभयो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/159900537_1678680145634252_6487838128459796033_n.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/159900537_1678680145634252_6487838128459796033_n.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment