धर्म संस्कृति

सप्तरीका शिवालयहरूमा श्रद्धालु भक्तजनहरुको घुइँचो

रामनारायण यादव /उत्तम आचार्य –
सप्तरी, २७ फागुन ।
सप्तरी जिल्लामा पनि फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व भगवान शिवको पूजाआरधना गरी मनाइँदैछ ।
हिन्दुहरुको महान पर्व महा शिवरात्रीका अवसरमा सप्तरी जिल्लाको विभिन्न शिवलायहरुमा आज बिहानैदेखि हिन्दुधर्मावलम्वी भक्तजनहरुको उल्लेख्य मात्रामा भिड लागेको छ ।
जिल्लाको कञ्चनरुप नगरपालिका १२ धरमपुर स्थित ऐतिहाँसिक एवम् पुरातात्विक महत्वको धर्मेश्वर महादेव मन्दिरमा बिहानै देखि पूजापाठ गर्ने भक्तजनहरुको भिड लागेको छ ।
बिहान ४ बजेदेखि फूलमाला , बेलपत्र, ,धतुरो, मिष्ठान्न तथा विभिन्न किसिमका फलफूल सहित रंगीचंगी भेषभूषामा सजिएर महिला, पुरुष ,बृद्धबृद्धा र बालबालिकाहरु धर्मेश्वर महादेव मन्दिरमा दर्शनका लागि लामबद्ध भएर बसेका थिए ।

बिहानदेखि बेलुकासम्म मन्दिरमा भक्तजनहरु पूजा गर्न आउने र यस धर्मेश्वर महादेव मन्दिरमा भक्तजनहरु आई जे वर माग्यो त्यही पुग्ने र सन्तान नभएकाहरुको सन्तान प्राप्ती हुनाले महत्व बढेर गएको धर्मेश्वर महादेव पर्यटन क्षेत्रका अध्यक्ष लिलबहादुर मगरले बताउनुभयो ।
आज ३ हजार भन्दा बढी भक्तजनहरुले मन्दिरमा आई पूजाआजा गरेको मगरले बताउनुभयो । आजको दिन रुद्रिपाठ गर्ने , लाखबत्ती बाल्ने र भव्यरुपमा मेला समेत लाग्ने गरेको पाइन्छ ।
त्यसैगरी जिल्लाकै शम्भुनाथ नगरपालिका स्थित रहेको शम्भुनाथ महादेव मन्दिरमा बिहानैदेखि भक्तजनहरुले पूजाआजा गरेका छन् । विभिन्न ध्वजापताकाले सिंगारिएको सो मन्दिरमा दर्शनका लागि सप्तरी, सिरहा तथा भारतको बिहार राज्यको सुपौल र मधुवनी ज्लिला लगायत शहरी तथा ग्रामिण क्षेत्रका धर्मालम्वीहरु बिहानैदेखि दर्शनका लागि सहभागि भएका छन् ।

त्यस्तै सप्तकोशी नगरपालिका फत्तेपुर स्थित शिवालय, कञ्चनरुप –६ बलुवा स्थित रहेको भजनेश्वर महादेव मन्दिर, कञ्चनरुप –८ स्थित रहेको शिवालय मन्दिर , कञ्चनरुप–१२ रुपनगर स्थित रहेको त्रिमार्ग शिवालय मन्दिर, राजविराज १ मा रहेको शिवालय मन्दिर, महादेवा गाउँपालिका स्थित शिवालय मन्दिर, हनुमाननगर कंकालिनी २ मा रहेको महादेव मन्दिर, पातोको डाकनेश्वरी मन्दिर, वभनगामाकट्टिको महादेव मन्दिरमा समेत बिहानैदेखि पूजापाठ गर्ने भक्तजनहरुको उल्लेख्य मात्रामा घुँइचो लागेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page