समाज

सह–सभापति तथा समाजसेवी गुप्ताद्वारा आगलागी पिडित परिवारलाई खाद्यन्न सहयोग

उत्सव आचार्य /
कञ्चनरुप , २०७७ फागुन २७ गते ।
सप्तरीको कञ्चनरुपमा आगलागी पिडित परिवारलाई आज बिहीवार समाजसेवी तथा नेपाली काँग्रेसका क्षेत्रिय सह–सभापति ललन प्रसाद गुप्ताले खाद्यान्न लगायतका सामाग्रीहरु सहयोग गर्नुभएको छ ।
जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्बर ४ बकालका जग्दीश साह र नारायण साहको घरमा आगलागी हुँदा १ लाख ५० हजार बराबरको क्षति भई समस्यामा परेका परिवारलाई राहत स्वरुप खाद्यन्न सहयोग गर्नुभएको हो ।
समाजसेवी ललनप्रसाद गुप्ता वकाल स्थित पिडित परिवारको घरमै पुगी आगलागीको निरिक्षण गरी पिडित परिवारलाई दैनिक गुजारा चलाउन तत्काललाई आवश्यक चामल १ बोरा , भुजा १ बोरा , झुल २ थान, बाल्टीन , जग लगायतका खाद्यान्नहरु सहयोग गर्नुभएको छ ।
दुख तथा पिरमर्कामा परेका पिडित परिवारहरुलाई सहयोग गर्न पाउनु आफ्नो दायित्व रहेको गुप्ताले बताउनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page