समाज

सिन्धुलीमा आज बोलेरो गाडी दुर्घटना हुदा ४ जनाको मृत्यु

सिन्धुली , ३ चैत । सिन्धुलीमा आज बोलेरो गाडी दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
सिन्धुली सदरमुकाम सिन्धुलीमाढी देखी बासकटेरी जाने क्रममा आज मंगलबार दिउसो ३ पैतालिसको समयमा बोलेरो दुर्घटना हुदा दुई पुरुष, एक महिला र एक जना बच्चा गरी ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
चालक सहित ११ जना सवार बा १७ च १११७ नम्बरको बोलेरो सडक देखी अन्दाजी ४० फिट तल खसी दुर्घटना भएको हो ।

मृत्यु हुने सबै कमलामाई नगरपालिका–७ बाँसकटेरीका हुन् । दुर्घटनामा मृत्यु हुनेमा  कमलामाई नगरपालिका ४ बाँसकटेरीका अन्दाजी ६०–६५ वर्षका रुद्रबहादुर थापा, १८ वर्षीया रीता इस्माइली, १८ वर्षीया दुर्गा श्रेष्ठ र उनका २ वर्षीय छोरा मनिष श्रेष्ठ रहेका छन् ।

दुर्घट्नामा ७ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गाडीमा ११ जना सवार थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page