स्वास्थ्य

कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र रुपनगरमा एकदिने स्वास्थ्य शिविर सम्पन्न

उत्सव आचार्य
कञ्चनरुप
(सप्तरी) , ७ चैत्र । सप्तरीको कञ्चनरुप –१२ रुपनगर स्थित रहेको कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रमा शनिवार एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरमा त्रिभुवन विश्वविद्यालय महाराजगञ्ज काठमाडौंका हाड जोर्नी तथा नशा रोग विशेषज्ञ प्रो. डा. रोहित कुमार पोखरेल र गेटवेल हस्पिटल विराटनगरका वरिष्ठ नवजात शिशु एवम् बालरोग विशेषज्ञ डा. केदार मण्डलद्वारा सेवा प्रदान गरिएको उपचार केन्द्रले जनाएको छ ।

शिविरमा आई हाड जोर्नी तथा नशाका ५५ जना र ४५ जना बालबालिकाहरुले उपचार गराई सेवा लिइएको केन्द्रले जनाएको छ ।
शिविरको निरीक्षण गर्दै कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्तकुमार मिश्रले स्वास्थ्य क्षेत्र राम्रो भएमा मात्र मानिसको जीवन राम्रो हुने बताउनुभयो ।
उपचार केन्द्रमा महिनाको प्रत्येक शनिवार बालरोग विशेषज्ञ डा. केदार मण्डल र अन्तिम शनिवार हाड जोर्नी तथा नशा रोग विशेषज्ञ प्रो. डा. रोहित कुमार पोखरेलद्वारा सेवा प्रदान गरिने उपचार केन्द्रका प्रमुख डा. नरेश शर्माले बताउनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page