कञ्चनरुप (सप्तरी) , चैत १० गते । सप्तरीमा लागूऔषध सहित २२ वर्षीय युवक पक्राउ परेका छन ।
आज तिलाठी कोइलाडी गाउँपालिका–१ बाट कञ्चनरुप नगरपालिका–११ का २२ वर्षीय राजु सरदारलाई भारतबाट लागूऔषध ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको सप्तरीका सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिनुभयो ।
उनको साथबाट फेनारगन ३५ थान (२ एमएलको) , डाइजेपाम ३५ थान (२ एमएलको) र लिजेसिक ३५ थान (२ एमएलको) बरामद भएको छ ।
उनी उपर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment