खगेन्द्र कार्की /
फत्तेपुर (सप्तरी), चैत ११ गते । सप्तरीको सप्तकोसी नगरपालिका वडा नं. १ मा संचालित दोस्रो वडा स्तरीय फुटबल प्रतियोगिता बुधबार देखि शुरु भएको छ।
न्यु त्रियुगा स्पोर्ट्स क्ल्ब फत्तेपुरको आयोजना र सप्तकोसी नगरपालिका र वडा नं. १ को सहयोगमा सहिद स्मृति रंगशाला फत्तेपुरमा संचालित दोस्रो वडा स्तरीय फुटबल प्रतियोगितामा सप्तकोसी नगरपालिका का १० वटा टिमहरुले सहभागिता जनाएका छ्न् ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/162437866_773348333556340_5673742070393677214_n.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/162437866_773348333556340_5673742070393677214_n.png)
बुधबार भएको उद्घाटन खेलमा वडा नं. १ ले वडा नं. १० लाई १ का विरुद्ध ३ गोल गर्दै पहिलो खेल जितेको छ।
प्रतियोगितामा पहिलो र दोस्रो हुने टिमले क्रमशः ३० हजार र २० हजार नगद सहित ट्रफि प्रमाणपत्र मेडल बितरण गरिने क्ल्बका अध्यक्ष अजय श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा सार्वाधिक गोल कर्ता ,उत्कृष्ट खेलाडी म्यान अफ दि म्याच ,बेस्ट गोल किपरलाई समेत ट्रफि दिइने क्ल्बका सदस्य सुरज खड्काले जानकारी दिए ।
प्रतियोगितामा सप्तकोसी नगरपालिकाका ११ वटा वडा बाट १० वटा टिमहरुले सहभागिता जनाएको आयोजकले जानकारी दिएको छ ।
सप्तकोसी नगरपालिकाका नगर प्रमुख उत्तम कुमार शर्माको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा क्ल्बका उपाध्यक्ष दिपक कुमार खडकाले सन्चालन गरेका थिए । कार्यक्रम न्यु त्रियुगा स्पोर्ट्स क्लबका अध्यक्ष अजय श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/163290876_774523079936392_3420409941320577715_n-1010x1024.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/163290876_774523079936392_3420409941320577715_n-1010x1024.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment