समाज

कञ्चनरुप ५ पथरीमा आधारभूत सिलाईकटाइ सम्बन्धि तीन महिने सिप विकास तालिम सुरु

सिलाईकटाइ
सिलाईकटाइ

कञ्चनरुप (सप्तरी) , चैत्र १२ गते । राम्रोसँग सिप सिकेमा आर्थिक उन्नतीमा ठुलो टेवा पुग्ने कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले बताउनुभयो ।
बिहीवार कञ्चनरुप नगरपालिका कंचनपुर सप्तरीद्वारा कञ्चनरुप वडा नम्बर ५ रामपुर पथरीमा “सिप सिकौ उद्यम गरौ–आत्मनिर्भर बनौ” भन्ने नाराका साथ गरिबी निवारणको लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत आधारभूत सिलाईकटाइ सम्बन्धि तीन महिने सिप विकास तालिमको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
इमान्दारीपूर्वक राम्रोसँग सिप सिक्न सकेमा त्यसलाई उद्यमशिल बनाई काम गरेमा आर्थिक उन्नती हुने र गरिबी न्यूनिकरण भई आत्मनिर्भर हुने बताउनुभयो ।

नगर उपप्रमुख निरु पोखरेलले नगरपालिकाले लघुउद्यम कार्यक्रम अन्तर्गत गरिबि निवारणका लागि शिपमूलक तालिमको आयोजना गरेको बताउनुभयो । उहाँले तालिममा राम्रोसँग शिप सिकि त्यसलाई व्यवहारमा उतार्न सकेमा राम्रो आयआर्जन गर्न सकिने बताउनुभयो ।
वडा नम्बर ५ का वडा अध्यक्ष कैलाश कुमार साह, वरिष्ठ अद्यम विकास सहजकर्ता चाँदनी लेखी लगायतका वक्ताहरुले तालिममा सिकेका कुरालाई व्यवहारमा उतारी नमूना उद्यमशिल बन्न आग्रह गर्नुभएको थियो ।
१२ जना सहभागि तालिममा मधुकुमारी साहले प्रशिक्षकको भूमिका निर्वाह गर्ने नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा स्वागत मन्तव्य वडा सचिव बविता चौधरीले गर्नुभएको थियो भने प्रमुख प्रशासकिय अधिकृत नवराज खडकाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page