समाज

सुनसरीमा स्कुटर चोरीको आरोपमा २ जना पक्राउ

बिराटनगर, चैत्र १२ गते । सुनसरीमा स्कुटर चोरीको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङको बुढिगंगा गाउँपालिका २ का २४ वर्षीय खगेन्द्र काफ्ले र २७ वर्षीय अर्बिन मगर रहेका छन् ।
चैत्र ८ गते ईटहरीको धरान लाईनमा पार्किङ गरि राखेको को ३७ प ८१०५ नम्बरको स्कुटर चोरी भएको भन्ने सूचना प्राप्त भए संगै खोजतलासमा खटिएको प्रहरी टोलीले चोरी भएको स्कुटर सहित दुबै जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page