खेलकुद

फत्तेपुरमा जारी दोस्रो वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधी फत्तेपुर ‘ए’ लाई


खगेन्द्र कार्की /
फत्तेपुर , चैत्र १७ गते ।
सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर १ मा संचालित दोस्रो वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर १ फत्तेपुले जितेको छ ।
चैत्र ११ गते देखि सहिद स्मृति रंगशाला फत्तेपुरमा संचालित दोस्रो वडा स्तरीय फुटबल प्रतियोगिताको मंगलबार भएको फाइनल खेलमा वडा नम्बर १ को ए ले वडा न १ कै बि लाई ० का विरुद्ध १ गोल गर्दै उपाधी उचालेको हो।
जित संगै वडा नम्बर १ ए ले नगद ३० हजार र ट्रफी प्रमाणपत्र पायो भने उप बिजेता बि ले नगद २० हजार र ट्रफीमा चित्त बुझायो। वडा नम्बर १ ए को जितको लागि दिपेश चौधरीले गोल गरेका थिए।

प्रतियोगितामा सार्वाधिक गोल गर्ने वडा नम्बर ४ का हिमाल पराजुली ,उत्कृष्ट खेलाडी वडा नम्ब। १ का बिमल राई ,म्यान अफ दि म्याच रोहन खत्री र बेस्ट गोल किपर बिशाल बिक , उदयमान खेलाडी अनिश थापा घोषित भए।
बिजेता सबै खेलाडीलाई प्रमुख अतिथि सप्तकोसी नगरपालिकाका नगर प्रमुख उत्तम कुमार शर्मा , वडा नम्बर १ का वडा अध्यक्ष नारायण प्रसाद आचार्य , उधोग वाणिज्य संघ सप्तकोसी का अध्यक्ष सुदास राई ,नेकपा एमाले नगर कमिटी अध्यक्ष पारस दाहाल,त्रियुगा सहकारी संस्थाका अध्यक्ष शम्भु बहादुर खड्का , युवा ब्यबसायि भुपेन्द्र राज पौडेल ले पुरुस्कार बितरण गरेका थिए।
प्रतियोगितामामा सप्तकोसी नगरपालिका का ११ वटा वडा बाट १० वटा टिमहरुले सहभागिता जनाएको आयोजकले जानकारी दिएको छ। समापन कार्यक्रममा न्यु त्रियुगा स्पोर्ट्स क्लबका अध्यक्ष अजय श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page