बृजमान तामाङ /
बिरेन्द्र बजार, २० चैत । जसपा थारु संघद्वारा सप्तरीको शम्भुनाथ नगरपालिका ७ कठौनामा शुक्रवार आयोजित रेशम चौधरी रिहाई राष्ट्रिय जागरण सभामा लाखौं जनसागर उर्लिएको छ ।
साँसद रेशम चौधरीको रिहाई तथा थारुहट, मधेस आन्दोलनको क्रममा नेताकार्यकर्ताहरुमाथी लगाएका मुद्धा निसर्त खारेजीको माँग राखी आयोजित जागरण सभामा बिशाल जनसहभागी भएको हो ।
राष्ट्रिय जनजागरण सभालाई सम्बोधन गर्दै जसपाका वरिष्ठ नेता अशोक राईले रेशम चौधरी निर्दोष रहेकोले चाडै जेलमुक्त हुने दाबी गरे । साँसद रेशम चौधरीलाई षड्यन्त्रपुर्वक फसाएको छ, राईले भने, रेशम चौधरीले छिटै न्याय पाउनेछ । रेशम चौधरी सहित थारुहट, मधेस बिद्रोहको क्रममा नेताकार्यकर्ताहरु माथी लगाएको झुठा मुद्वा फिर्ता हुने बताउदै कार्यक्रमका प्रमुख अतिथी राईले जसपा उत्पीडित र अन्यायमा परेका समुदायको अधिकार सुनिश्चितताका लागि प्रतिबद्ध रहेको बताए ।
सभालाई सम्बोधन गर्दै अर्का वरिष्ठ नेता राजेन्द्र महतोले अधिकार प्राप्तिको लागि राष्ट्रिय मुक्ति आन्दोलन आबश्यक रहेको बताए । रेशम चौधरीलाई जेलमुक्त नगरेसम्म सरकारमा जाने कल्पना समेत गर्न नस्किने बताउदै नेता महतोले जसपा सरकारमा जान्छ भन्ने भ्रम र फुट्छ भनेर गराइएको झुठा प्रचार मात्र भएको बताए ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/04/167919510_357566665585673_4189998666425813990_n.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/04/167919510_357566665585673_4189998666425813990_n.jpg)
प्रचारमा आएजस्तो जसपा फुटदा पनि फुट्दैन। ओलि नेतृत्वको सरकारमा जाँदापनी जादैन महतोले भने जसपा फुट्नलाई एकता गरेको हैन ? मधेशी आदिबासी जनजाति, मुस्लिम, दलित र देशका आम उपेक्षामा परेका समुदायको लागि बनेको पार्टी हो ।
जसपा कार्यकारिणी सभा सदस्य सरदसिंह भण्डारीले जसपा आन्दोलन र बिद्रोहबाट बनेको पार्टी भएकोले राष्ट्रका कुनै शक्तिले फुटाउन नसक्ने बताए । जसपाको विरुद्ध अपबाह फैलाएको भन्दै नेता भण्डारीले भ्रम नपर्न कार्यकर्तालाई आग्रह गरे । उनले रेशम चौधरीको निशर्त रिहा तथा नेताकार्यकर्ता माथी लगाएको मुद्वा खारेजी नभएसम्म आन्दोलन राख्नुपर्नेमा जोड दिए ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/04/167972383_1109276152925361_4655256920957863787_n.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/04/167972383_1109276152925361_4655256920957863787_n.jpg)
जसपा थारु संघका केन्द्रिय अध्यक्ष शम्भु चौधरीको अध्यक्षतामा आयोजित सभालाई जसपाका केन्द्रिय कार्यकारिणी समिती सदस्य तथा प्रदेश २ का सामाजिक बिकास मन्त्री नबलकिशोर साह, प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरी, राष्ट्रिय सभा सदस्यहरु मृगेन्द्र सिंह यादव, शेखर सिंह,जसपा कार्यकारिणी समिति सदस्यहरु रेणु यादव, राज कुमार लेखी, सुशिला श्रेष्ठ लगायतकाले सम्बोधन गरे ।
यसैगरी केन्द्रिय सदस्य होरिलाल चौधरी, महेन्द्र प्रसाद चौधरी, बिशेश्वर रजक,थारु संघका सह अध्यक्ष प्रेमा लाओती थारु, उपाध्यक्ष प्रभा चौधरी, खडक नगरपालिकाका प्रमुख हेमायु हक लगायतकाले समेत सम्बोधन गरेका थिए ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/04/167925549_752288908824380_3915981354467822332_n.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/04/167925549_752288908824380_3915981354467822332_n.jpg)
जसपा थारु संघका केन्द्रिय महासचिव राजाराम चौधरी र जसपा प्रदेश नम्बर २ का सदस्य रामाकान्त चौधरी द्वारा संचालित कार्यक्रममा स्वागत जसपा केन्द्रिय सदस्य एबम आयोजक समितिका संयोजक कल्पना चौधरीले गरिन भने जागरण सभाको उदेश्य बारे जसपा केन्द्रिय सदस्य एबम थारु संघका ईन्चार्ज बिनोद चौधरीले प्रकाश पारेका थिए ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/04/168405504_502404717450544_6996652214672994842_n.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/04/168405504_502404717450544_6996652214672994842_n.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment