समाज

झापाको मेचीनगरबाट ब्राउन सुगर सहित दुई जना पक्राउ

झापा, चैत्र २४ गते । झापाको मेचीनगरबाट ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् ।
प्रहरीले झापा मेचीनगर नगरपालिका ६ स्थित गैरीगांउ स्थितबाट सोमबार बेलुका साढे ५ बजे लागूऔषध ब्राउन सुगर सहित कन्काई ३ का ३६ वर्षीय रोसन यादब र कन्काई ५ का २१ वर्षीय समिर लिम्बुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई ४ ग्राम लागूऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page