समाज

बित्तीय शिक्षा तथा ब्याबसायिक ज्ञान तालिम सम्पन्न

बृजमान तामाङ/
बिरेन्द्र बजार, २७ चैत ।
सप्तरीको अग्निसाईर कृष्णासरन गाउँपालिका वडा नम्बर २ स्थित चाँदनी चौकमा आयोजित तीन दिबसिय बित्तीय शिक्षा तथा ब्यबसायिक ज्ञान तालिम सम्पन्न भएको छ ।
ग्रामिण उधम तथा बिप्रेषण संमृद्वीको सहयोग तथा अमसोत सामुदायिक कृषि सहकारी संस्था लिमिटेड बेल्हाद्वारा आयोजित तीन दिने तालिम एक कार्यक्रमका बिच शुक्रबार सप्पन्न भएको हो ।
सहभागी अनिता राईको अध्यक्षतामा आयोजित सम्पन्न तालिम कार्यक्रममा पत्रकार बृजमान तामाङ, आयोजक संस्थाका अध्यक्ष सुमित्रा चौधरी, सहभागी उर्मिला राई लगायतकाले मन्तव्य व्यक्त गरे ।
त्रिरत्न गुम्बाको सभाहलमा आयोजित तालिममा रुपनी गाउँपालिका र अग्निसाईर कृष्णासवरन गाउँपालिकाका गरि २५ जना महिला सहभागी कार्यक्रमको सहजीकरण अमसोत सामुदायिक कृषि सहकारी संस्थाका अध्यक्ष सुमित्रा चौधरी, सचिब अनिता चौधरी र ब्यबस्थापक रामी यादवले गरेका थिए ।
महिलाहरुलाई बित्तीय शिक्षा सम्बन्धि ज्ञान गराई व्यावसाय संचालनमा सक्षम बनाई आत्मानिर्भर बनाउने उदेश्यले तालिम आयोजना गरेको आयोजकले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page