समाज

झापामा बोलेरोको ठक्करबाट पैदल यात्रीको मृत्यु

झापा, चैत्र २८ गते । झापाको बुद्धशान्ति गाउँपालिका ३ सात नम्बर चौक स्थित मेची हाईवेमा शुक्रवार राती बोलेरो पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
उत्तर तर्फ जादै गरेको मे १ च ६४१३ नम्बरको बोलेरो पिकअपले नामथर, वतन नखुलेको अन्दाजी ४० वर्षीय पुरुष मानिसलाई ठक्कर दिई घाईते बनाएको थियो । उनको बि एण्ड सि अस्पताल बिर्तामोडमा पुर्याउन साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बोलेरो र चालक मेचिनगर ३ बाहुनडाँगीका ५४ वर्षीय चुनचुन सन्तोष राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page