बृजमान तामाङ /
बिरेन्द्र बजार, ३० चैत । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ स्थित रहेको ईटहर्वा बजार ब्यबस्थापन समिति सितापुर कलौनीको अध्यक्षमा मिलन चौधरी चयन भएका छ्न ।
बजार ब्यबस्थापन समितिको तेश्रो बार्षिक साधारणसभाले चौधरीको नेतृत्वमा ८ सदस्य समिती गठन गरेको हो । गठित समितीका उपाध्यक्ष शैलेन्द्र कुमार झा, सचिबमा श्रवण कुमार चौधरी र कोषाध्यक्षमा लक्ष्मी कुमारी यादव चयन भएका छ्न ।
यसैगरी समितिका सदस्यहरुमा बिना तामाङ, रामचन्द्र खंग, सूर्य नारायण चौधरी, राम कुमार साह रहेका छ्न । अन्य तीन जना सदस्य पछि मनोनीत गरिने अध्यक्ष चौधरीले जानकारी दिए ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/04/172934167_505497844146640_8990970116586940084_n.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/04/172934167_505497844146640_8990970116586940084_n.png)
बजार ब्याबस्थापन समितिका उपाध्यक्ष अशोक कुमार चौधरीको अध्यक्षता तथा अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका उपाध्यक्ष मिना चौधरीको प्रमुख आतिथ्यमा आयोजित साधारणसभाले बजारको बिकासका लागि विभिन्न योजना समेत पास गरेको अध्यक्ष चौधरीले जानकारी गराए । पुरानो भएपनी अपेक्षित बिकास हुन नसकेको ईटहर्वा बजार गाउँपालिकाको केन्द्र स्थापना भएपछि बिस्तारै बिकासले गति लिन थालेको छ ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/04/172930181_1721006071415769_2003624006012184388_n.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/04/172930181_1721006071415769_2003624006012184388_n.jpg)
स्वास्थ्य चौकी, डिभिजन वन कार्यालय, पशुसेवा उपकेन्द्र, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प सहितका आधादर्जन सरकारी कार्यालय भएपनी बजार बिकासको दृष्टिले निकै पछि परेको छ । एक समय बिरेन्द्र बजार, महुली बजारमा चौक नहुदा कलौनीमा गएर बस चढ्नु पर्ने भएपनी खासै बिकास हुन नसकेको ईटहर्वा बजार हाल गाउँपालिकाको केन्द्रपुगेसंगै बिकासले गतिलिन थालेको स्थानीयहरुले बताएका छ्न् ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment