कृषि

कृषि सम्बन्धि अभिमुखिकरण गोष्ठि तथा कृषि समूह गठन कार्यक्रम सम्पन्न

कञ्चनरुप , चैत्र ३१ गते । सप्तरीको कञ्चनरुप नगरपालिकाको आयोजनामा मंगलवार वडा नम्बर ८ मा कृषि सम्बन्धि अभिमुखिकरण गोष्ठि तथा कृषि समूह गठन कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले नेपाल एक कृषि प्रधान देश भएकोले कृषि क्षेत्रको विकास नभएसम्म र किसानहरु समुन्नत नभएसम्म राष्ट्र अगाडि बढ्न नसक्ने बताउनु भयो । उहाँले तालिम गोष्ठिमा सिकेका कुराहरुलाई सहभागिहरुले व्यवहारमा उतारी स्वरोजगार बनी नमूना कृषक बन्न समेत आग्रह गर्नुभयो ।
सो कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नवराज खडका, कविता बस्नेत, पोषण कार्यक्रमकी सहजकर्ता सुशिला चौधरी लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सोही गोष्ठिबाट जयकृष्ण यादवको अध्यक्षतामा १५ सदस्यिय कृषि समूह गठन सर्वसम्मत रुपमा चयन गरेको छ । जसको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष क्रमशः मुरली पासवान , प्रविण राउत, यमुना खडका रहेका छन् भने सदस्यहरुमा रामेश्वर मण्डल, सुशिला मेहता, शम्भु कार्की, ललन भारती, पुरुषोत्तम चौधरी, सदिक मंसुरी, इन्दिरा देवी खंग ,जितनारायण यादव, कोकाइ दास, इन्दिरा देवी मण्डल र देवनारायण साह रहेका छन् ।

२५ जना सहभागी गोष्ठिमा कृषि विकास शाखाका बेचन सढोक यादवले सहजिकरण गर्नुभएको थियो भने वडा नम्बर ८ का वडा अध्यक्ष राजकुमार साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page