समाचार

महासंघमा नवनिर्बाचित पत्रकार तामाङ र मण्डल सम्मानित

बिरेन्द्र बजार, १ बैशाख । नेपाल पत्रकार महासंघका नवनिर्बाचित प्रदेश परिषद सदस्य बृजमान तामाङ र कार्य समिती सप्तरी सदस्य कृष्णा कुमार मण्डललाई सम्मान गरिएको छ ।
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ सप्तरीद्वारा राजबिराजमा बुधबार आयोजित एक समारोहका बिच पत्रकारद्वय तामाङ र मण्डललाई सम्मान गरिएको हो ।
आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीद्वारा आयोजित नवबर्ष २०७८ सालको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गा र नवनिर्वाचित अध्यक्ष श्रावण देवलाई समेत सम्मान गरिएको छ ।

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ सप्तरीका अध्यक्ष प्रिया सिंह थारुको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले गम्छा, टीका र माला लगाएर प्रदेश परिषद सदस्य तामाङ र कार्यसमिति सदस्यमा निर्वाचित मण्डललाई सम्मान गर्नुभयो ।

यसैगरी आदिबासी जनजाति पत्रकार र आदिबासी जनजातिको समस्य र मुद्धा उठानमा योगदान दिएका नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष खड्गा र नवनिर्वाचित अध्यक्ष देवलाई अध्यक्ष थारुले माला, टीका र गम्छा ओडाएर सम्मान गर्नुभयो । सम्मानित हुने तामाङ नेपाल आदिबासी जनजाती पत्रकार महासंघ प्रदेश २ का सचिब हुन साथै पूर्व जिल्ला अध्यक्ष र हाल सल्लाहकारमा हुनुहुन्छ । यस्तै मण्डल आदिबासी जनजाति पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष हुन ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page